नरभक्षीलाई आजीवन कारावासको सजाय, जसले ३ साथीहरुलाई मारेर उनीहरुको मासु खाए

डिसी नेपाल
३ फागुन २०७७ १२:५४
8.9k
Shares

काठमाडौं। आफ्ना ३ जना साथीहरुको हत्या गरेर उनीहरुको मासु खाएका रुसी नरभक्षीलाई आजीवन कारावासको सजाय सुनाइएको छ । अर्खान्गेल्स्कका ५१ वर्षका एडुआर्ड सेलेज्नेभलाई अदालतले मार्च २०१६ र मार्च २०१७ मा आफ्ना तीन जना साथीहरुको हत्या गरेको आरोपमा दोषी ठहर गरेको हो । ‘अर्खान्गेल्स्क नरभक्षी’ नामले चिनिने सेलेज्नेभले आफ्ना ५९, ४३ र ३४ वर्षका साथीहरुको हत्या गरेको स्वीकार गरेका थिए । साथीहरु मदिराको नशामा भएको बेला उनहिरुको हत्या गरेको र उनीहरुको मासु उसिनेर खाएको उनले बताएका थिए ।

रुसको सर्वोच्च अदालतले उनको आजीवन कारावासको सजायलाई कायम राखेको हो । पीडितहरुको नाम खुलाइएको छैन । उनीहरुको हत्यापछि सेलेज्नेभले आफूले खान चाहेका अंगहरु काटेर प्लाष्टिकको झोलामा राखेर बााकी शरीर स्थानीय खोलामा फ्याँकेका थिए । उनले आफूले हत्या गरेका साथीहरुको मासु खाएपछि मारिएकामध्येकए एकको फ्ल्याटमा बस्न थालेका थिए । उनले मृतकका अभिभावकलाई उनीहरुको छोरा कामको लागि अर्को शहर गएको बताएका थिए ।

हराइरहेका तीन जनाको खोजीमा खटिएको पुलिस टिमलाई पनि उनले यही बताएका थिए । उनले हत्या गरेका अन्य दुई जनाको परिवार थिएन त्यसैले उनीहरुबारे कसैले खोजी गरेको थिएन । डेलीमेलका अनुसार अदालतमा सुनुवाइको क्रममा सेलेज्नेभले स्थानीय बिराला, कुकुर, चरा र अन्य साना जनावर पनि पकाएर खाएको बताइएको थियो । रुसमा नरभक्षीसम्बन्धी छुट्टै कानुन नभएकोले सेलेज्नेभविरुद्ध तीन साथीहरुको हत्या र उनीहरुको शवको दुरुपयोगको अभियोगमा उनलाई सजाय सुनाइएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *