बिरामी बोकेर उडेको भारतीय एयर एम्बुलेन्स पाकिस्तानमा आकस्मिक अवतरण

डिसी नेपाल
३ फागुन २०७७ १६:५६
5.7k
Shares

काठमाडौं। आइतबार एक भारतीय एयर एम्बुलेन्स जहाज पाकिस्तानको इस्लामाबादमा आकस्मिक अवतरण गर्नुपरेको छ । उडिरहेको जहाजमा इन्धन सकिएपछि इस्लामाबादमा आपतकालीन अवतरण गर्नुपरेको हो । एयर एम्बुलेन्सले एक बेलायती बिरामी बोकेर उडेको थियो ।

दुनियाँ न्यूजलाई उद्धृत गर्दै समाचार एजेन्सी एएनआइले जनाएअनुसार भारतीय जहाजको इन्धन कम भएकाले पाकिस्तान नागरिक उड्डयन प्राधिकरण (सिएए) लाई सम्पर्क गरी इस्लामाबाद विमानस्थलमा आपतकालीन अवतरणको लागि अनुमति मागिएको थियो ।

जहाज बेलायती बिरामी, एक डाक्टर र दुई नर्ससहित भारतको कोलकाताबाट ताजिकिस्तानको राजधानी दुशान्बेको लागि उडेको थियो । सिएएको अनुमति पाएपछि इस्लामाबाद एयरपोर्टमा अवतरण गरेको जहाज दुई घण्टापछि पुनः इन्धन भरेर फर्केको समाचारमा जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *