म्यानमारका सडकमा सेनाका बख्तरबन्द गाडी

डिसी नेपाल
३ फागुन २०७७ १९:५३
144
Shares

नेपिद्व (एजेन्सी)। सेनाले जननिर्वाचित सरकारलाई विस्थापित गर्दै सत्ता हातमा लिएको केही दिनपछि म्यानमारका सडकहरुमा सेनाका बख्तरबन्द गाडी देखिएका छन्। सेनाको कू विरुद्ध सर्वसाधारण आन्दोलनमा उत्रेपछि सेनाका बख्तरबन्द गाडी सडकमा आएको बीबीसीले उल्लेख गरेको छ।

सँयुक्त राष्ट्रसघंका म्यानमार विशेष र्यापोटरले म्यानमारमा सेनाले जनताविरुद्ध युद्धको घोषणा गरे जस्तो देखिएको उल्लेख गरेका छन्। उनले म्यानमार इन्टरनेट पनि बन्द गरिएको बताएका छन्।

सेनाले आन्दोलन चर्केपछि धरपकडलाई तिब्रता दिएको जनाइएको छ। सेनाका बख्तरबन्द गाडी आवसीय क्षेत्रमासमेत प्रवेश गरेको राष्ट्रसंघीय प्रतिनिधिले बताएका छन्। म्यानमारको काचिन प्रान्तको मितकिना सहरमा सेनाले प्रदर्शनकारीमाथि गोली चलाएकोसमेत बीबीसीले उल्लेख गरेको छ। त्यहाँ विगत ९ दिनदेखि लगातार प्रदर्शन भइरहेको छ। यंगुन, राजधानी नेपिद्वलगायतका सहरमा सेनाका बख्तरबन्द गाडी सडकमा देखिएको जनाइएको छ।

सेनाले फेब्रुअरी १ मा आङ साङ सूची नेतृत्वको जननिर्वाचित सरकारलाई अपदस्त गर्दै कू गरेको थियो। सूची हाल नजरबन्दमा छिन्। गत नोभेम्बरमा भएको चुनावमा सूचीको दलले अत्यधिक बहुमत हात पारेको थियो। सेना समर्थित दलले नराम्रो पराजय भोगेको थियो। तर, सेनाले त्यहाँ चुनावमा धाँधली भएको आरोप लगाउँदै आएको थियो। म्यानमारमा ५ दशकसम्म यसअघि सेनाले सत्ता चलाइसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *