बिहारमा भूकम्पको झट्का
सांकेतिक तस्वीर
नयाँ दिल्ली (एजेन्सी)। भारतको बिहारमा भूकम्पको झट्का महसुस गरिएको छ। राति साढे १० बजे भूकम्पको झट्का महसुस गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
बिहारका पूर्व उपमुख्यमन्त्री तेजश्वी यादवले ट्वीट गर्दै भूकम्पबारे जानकारी दिएका छन्। उनले भूकम्पको झट्का महसुस गरिएको भन्दै सबैलाई सुरक्षितमा जान आग्रहसमेत गरेका छन्।
भारतीय सञ्चार माध्यमहरुका अनुसार ३.४ रेक्टर स्कोलको भूकम्प गएको बताइएको छ।
तीनदिन पहिला पनि भारतको दिल्ली, उत्तरप्रदेश, कश्मीर, पञ्जावमा भूकम्पको झट्का महसुस गरिएको थियो। सो भूकम्पको केन्द्रबिन्दु ताजिकिस्तान थियो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment