ट्रम्पका समर्थकले संसद्‌भवनमा गरेको दङ्गाबारे स्वतन्त्र अनुसन्धान हुने

डिसी नेपाल
४ फागुन २०७७ १८:४०
84
Shares

बीबीसी । अमेरिकी संसद्की सभामुख न्यान्सी पेलोसीले कङ्ग्रेसले गत महिना अमेरिकी संसद्‌भवन क्यापिटलमा डोनल्ड ट्रम्पका समर्थकहरूले गरेको दङ्गाबारे छानबिन गर्न एउट ‘बाह्य, स्वतन्त्र’ आयोग गठन गर्ने बताएकी छन्।

सांसदहरूलाई पठाएको एउटा पत्रमा पेलोसीले उक्त आयोगले सन् २००१ सेप्टेम्बर ११ मा न्यूयोर्क र पेन्टगनमा भएका आक्रमणबारे अनुसन्धानको ढाँचामा काम गर्ने उल्लेख गरेकी छन्।

“हामीले यो (घटना) कसरी भयो भन्ने पत्ता लगाउनुपर्छ,” उनले भनिन्। माथिल्लो सदन सिनेटले क्यापिटलमा हिंसा फैलाएको आरोपबाट पूर्वराष्ट्रपति डोनल्ड ट्र्म्पलाई मुक्त गरिसकेको छ।

उनीविरुद्ध दोस्रो पटक महाभियोगको सुनुवाइ भएको थियो। डेमोक्र्याट र केही रिपब्लिकन सांसदहरूले स्वतन्त्र अनुसन्धान गर्ने कुरालाई समर्थन गरेका छन्। ज्यानुअरी ५ मा भएको दङ्गामा पाँच जनाको मृत्यु भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *