किम जोंग उनकी बेपत्ता भएकी श्रीमती भेटिइन्, एक वर्षसम्म कहाँ के गर्दै थिइन् ?
काठमाडौं। उत्तर कोरियाका शासक किम जोंग उनकी पत्नी एक वर्षपछि सार्वजनिक रुपमा देखिएकी छिन् । यसअघि अन्तर्राष्ट्रिय मिडियामा किम जोंग उनकी पत्नी बेपत्ता भएको विषयमा समाचार आएका थिए । किमकी पत्नी रि सोल जू उत्तर कोरियाका पूर्व शासक तथा किमका पिता किम जोंग इलको जन्मदिनमा आयोजिक एक समारोहमा पति किमको साथमा देखिएकी हुन् । रि सोल जू एक वर्षभन्दा धेरै समयपछि सार्वजनिक रुपमा देखिएकी हुन् । रि सोल जूको लामो अनुपस्थितिपछि अन्तर्राष्ट्रिय स्तरमा धेरै शंका र हल्ला जन्मिएका थिए ।

उत्तर कोरियाका पूर्वशासकको जन्मदिनलाई त्यहाँ ‘डे अफ र साइनिङ स्टार इन नर्थ कोरिया’ को रुपमा मनाइन्छ । उत्तर कोरियाको समाचार एजेन्सी केसीएनएले आफ्नो रिपोर्टमा किम जोंग उन आफ्नी पत्नीको साथमा अडिटोरियममा आउँदा त्यहाँ तालिको गडगडाहट सुनिएको लेखेको छ । किम जोंग उनकी पत्नी सार्वजनिक रुपमा देखिएको समाचारलाई उत्तर कोरियाको सबैभन्दा ठुलो अखबार रोडोंग सिनमनले पहिलो पृष्ठमा मुख्य समाचारको रुपमा छापेको छ । अखबारमो पहिलो पृष्ठमा किम दम्पतीको ठुलो फोटो पनि छापिएको छ ।
रि सोल जूलाई कोरोनाभाइरस संक्रमणका कारण आइसोलेसनमा राखिएको मानिएको छ । यो अवधिमा उनी किमसँग कुनै कार्यक्रममा उपस्थित भइनन् न त उनी अन्यत्र कतै गइन् । उनले विगत १ वर्षमा कुनै अर्को देशको यात्रा पनि गरिनन् । उनी यो अवधिमा कहाँ थिइन् भन्ने कसैलाई जानकारी छैन । जनवरीमा रि सोल जूका विषयमा विभिन्न हल्ला चलेका थिए । स्वतन्त्र राजनीतिक विश्लेषक रेशेल मिनयंगले रि सोल जूलाई कोरोनाभाइरस संक्रमण भएको र एक वर्षदेखि उनले उपचार गराइरहेको हुन सक्ने बताएकी छिन् । दक्षिण कोरियाको जासुसी संस्थाले भने रि सोल जु आफ्नो बच्चाको स्याहारमा व्यस्त भएको दावी गरेको छ ।







डिसी नेपाल







Facebook Comment