पूर्वराष्ट्रपतिले नियम मिचेर खोप लिएको आरोप

डिसी नेपाल
५ फागुन २०७७ १९:०७
16
Shares

बीबीसी । पेरूका पूर्वराष्ट्रपति मार्टिन भिज्कार्रालाई नियम मिचेर आफूले कोभिड–१९ खोप लिएको आरोप लागेको छ। उनले आफूले सपत्नीक गत अक्टोबरमा खोपको परीक्षण चलिरहँदा स्वयंसेवक बनेर खोप लिएको दाबी गरेका छन्।

तर मङ्गलवार संसद्‌मा भएको सुनुवाइमा उपस्थित भएका एक चिकित्सकले पूर्वराष्ट्रपतिको दाबीको खण्डन गरेका छन्। खोप परीक्षणको नेतृत्व गरेका डा। जर्मन मलागाले भने, ‘उनले मसँग दुईवटा खोपका लागि अनुरोध गरे।’ भिज्कार्रालाई गत वर्ष नोभेम्बरमा भ्रष्टाचारको छुट्टै आरोपमा महाभियोग लगाएर पदमुक्त गरिएको थियो।

एउटा पत्रिकाले उनले तथा अन्य सरकारी अधिकारीहरूले सुरुमै खोप लिएको विषयमा समाचार प्रकाशित गरेपछि पूर्वराष्ट्रपति फेरि विवादमा परेका हुन्। पेरूका राष्ट्रपति फ्रान्सिस्को सागास्टीका अनुसार ४८७ व्यक्तिले नियम मिचेर चीनमा बनेको कोभिडविरुद्धको खोप लिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *