इन्टरनेट सेवामा अंकुश लगाउँदै कम्बोडिया !

डिसी नेपाल
५ फागुन २०७७ २२:३७
120
Shares

काठमाडौं । कम्बोडियाले इन्टरनेटमा अंकुश लगाउने भएको छ । कम्बोडिया सरकारले बुधबार अनलाइनमा नियन्त्रण गर्नको लागि राष्ट्रिय इन्टरनेट गेटवेको स्थापना गरेको छ ।

उक्त गेटवेले नागरिकको अभिव्यक्ति स्वतन्त्रता रोक्ने र चीनले जस्तै फायरवालको सहयोगमा इन्टरनेट सामाग्रीलाई अवरुद्ध पु¥याउने भन्दै विरोध भइरहेको छ । कम्बोडियामा पछिल्ला केही वर्षहरुमा इन्टरनेट प्रयोगकर्ताको संख्या वृद्धि भइरहेको बेला त्यहाँको सरकारले अनलाइन मतभेदलाई रोक्ने कामलाई तीव्र पारेको छ।

कम्बोडिया सरकारका प्रवक्ताले भने उक्त गेटवेले अनलाइन अपराध रोक्न र राष्ट्रिय हित बढाउन सहयोग पु¥याउने बताएका छन् । उनले इन्टरनेटमा अंकुश लगाउन लागेको भन्ने कुरालाई खारेज गरेका छन् । तर प्रवक्ताले सरकारको विरुद्ध विद्रोह गर्न चाहने प्रयोगकर्तालाई भने रोक्ने बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *