हङकङमा बिक्यो एसियाकै सबैभन्दा महंगो अपार्टमेन्ट

डिसी नेपाल
६ फागुन २०७७ १२:३७
2.8k
Shares

काठमाडौं। एसियाको सबैभन्दा महंगो अपार्टमेन्ट अहिले चर्चामा छ । हङकङका बिजनेस टाइकुन भिक्टर लीको कम्पनी सीके एसेट होल्डिङस लिमिटेडले यो अपार्टमेन्टलाई ५९ मिलियन डलरमा बेचेको छ । ब्लुमबर्गको एक रिपोर्टअनुसार हङकङका प्रसिद्ध व्यवसायी भिक्टर लीको कम्पनीले २१ बोरेट रोड प्रोजेक्टमा रहेको यो अपार्टमेन्ट बेचेको हो ।

अपार्टमेन्ट किन्नेको पहिचान खुलाइएको छैन । अत्यन्तै सुविधासम्पन्न अपार्टमेन्टको लागि हङकङ विश्वप्रसिद्ध छ । शहरको पस इलाकामा रहेको यो अपार्टमेन्ट विशेष छ । पाँच कोठा, स्विमिङ पुल, निजी छत र ३ पार्किङजस्ता सुविधा भएको यो अपार्टमेन्ट एसियाकै सबैभन्दा महंगो अपार्टमेन्ट बनेको छ । रिपोर्टअनुसार यो अपार्टमेन्ट ३३७८ वर्ग फिटमा बनेको छ । यसलाई १ लाख ३६ हजा हङकङ डलर प्रति वर्गफिटको हिसाबले बेचिएको छ ।

यसअघि माउन्ट निकलसनस्थित एक अपार्टमेन्ट सबैभन्दा महंगो थियो । यो अपार्टमेन्ट २०१७ मा बेचिएको थियो । ब्लुमबर्ग इन्टेलिजेन्सका विश्लेषक प्याट्रिक वोंगका अनुसार हङकङ विश्वभरकै सुविधासम्पन्न अपार्टमेन्टको बजार हो र यो अपार्टमेन्टको बिक्रिीले मानिसहरुको ध्यान पुनः यतातिर आकर्षित भएको छ । यसले यहाँको निर्माण उद्योगलाई पनि नयाँ उचाइमा लैजानेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *