ब्रिटेनमा महारानीका पति प्रिन्स फिलिप अस्पताल भर्ना
बीबीसी । ब्रिटेनमा महारानी एलिजबेथका श्रीमान् प्रिन्स फिलिप मङ्गलवार बेलुकी “स्वास्थ्य सावधानीका निम्ति” अस्पताल भर्ना भएका बकिङ्घम राजदरबारले एक विज्ञप्तिमा जनाएको छ।
विज्ञप्तिका अनुसार ९९ वर्षका प्रिन्स फिलिपलाई मध्ये लण्डनस्थि किङ् एडवर्ड सप्तम अस्पतालमा लगिएको थियो। राजदबारस्थित समाचार स्रोतका अनुसार प्रिन्स फिलिप कार चढेर अस्पताल गएका थिए र चिकित्सकको सल्लाहमा उनलाई अस्पताल भर्ना गरिएको थियो।
उनी केही दिनदेखि अस्वस्थ रहका बताइएको छ तर उनको स्वास्थ्य समस्या कोरोनाभाइरससँग सम्बन्धित नरहेको उक्त समाचार स्रोतले जानकारी दिएको छ।
ड्यूक अफ एडिनबराको उपाधिले पनि चिनिने प्रिन्स फिलिप आउँदो जुन १० तारिखमा सय वर्ष पुग्दैछन्। अस्पतालमा उनको “मनोबल बलियो रहेको” र चिकित्सकको निगरानी रहेर आराम गर्न उनी अझै केही दिन अस्पताल बस्ने पनि बताइएको छ।







डिसी नेपाल







Facebook Comment