प्रदेश प्रमुख बर्खास्त र नियुक्तिप्रति कांग्रेसको आपत्ति
काठमाडौं । नेपाली कांग्रेसले प्रदेश नं. २ का प्रमुख बर्खास्ती र नयाँ नियुक्तिप्रति आपत्ति जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै कामचलाउ स्थितिमा पुगेको सरकारले प्रदेश प्रमुखको गरिमा थप घटाउने कार्य गरेको र निर्वाचन घोषणा गर्ने तर बर्खास्त र नियुक्तितर्फ लाग्नु आपत्तिजनक भएको बताएका छन् ।
कांग्रेसले नियुक्ति, बर्खास्तीको कार्य अविलम्ब रोक्नसमेत सरकारलाई चेतावनी समेत दिएको छ ।
‘संसद् विघटनको असंवैधानिक कदमपश्चात् कामचलाउ स्थितिमा पुगेको सरकारले यसरी बर्खास्त, नियुक्ति आदि काम गर्न विल्कुलै मिल्दैन र पाइन्न । अतः यसप्रति कडा विरोध जनाउँदै नेपाली कांग्रेस स्वेच्छाचारी ढंगले गर्ने यस्ता कार्य अविलम्ब रोक्न सरकारलाई चेतावनी दिन चाहन्छ ।’ विज्ञप्तिमा भनिएको छ।
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले तिलक परियारलाई प्रदेश प्रमुखबाट हटाएर राजेश झालाई नियुक्त गरेकी थिइन् ।








डिसी नेपाल







Facebook Comment