डोनाल्ड ट्रम्पको ३४ तलाको प्लाजा ध्वस्त पार्न ३० हजार डायनामाइट पड्काइयो
काठमाडौं। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्रम्प प्लाजा हजारौं डायनामाइट पड्काएर भत्काइएको छ । अमेरिकाको एटलान्टिक सहरमा रहेको यो प्लाजामा ट्रम्पको होटल र क्यासिनो थियो । यो प्लाजा १९८४ मा खोलिएको थियो । २०१४ मा यसलाई बन्द गरियो । कैयौं तुफानका कारण यो भवनको बाहिरी भाग जर्जर भइसकेको थियो । भवन कमजोर भएको निश्चित भएपछि गएको जूनमा मेयर मार्टि स्मलले यसलाई ध्वस्त पार्ने आदेश दिएका थिए ।
यो भवन ध्वस्त पार्न कूल ३ हजार डायनामाइट विष्फोट गराउनुपर्यो । यो भवन भत्काएको हेर्न सयौं मानिसहरु वरिपरि जम्मा भएका थिए । यसका अलावा यो घटनाको भिडियो लाइन स्ट्रिम पनि गरिएको थियो । ३४ तलाको यो विशाल भवन भत्काउन २० सेकेण्डभन्दा पनि कम समय लाग्यो । बुधबार स्थानीय समयअनुसार बिहान ९ बजे यो भवनमा विष्फोट गराइएको थियो । यो भवन भत्काएपछिको भग्नावशेष नै ८ तला अग्लो छ जसलाई हटाउन जूनसम्मको समय लाग्नेछ ।
ट्रम्पको यो प्लाजा कैयौं चर्चित हलिउड फिल्ममा प्रयोग गरिएको छ । ट्रम्प प्लाजा फिल्म ओशन ११ मा प्रयोग गरिएको थियो । १९८४ देखि १९९१ सम्म यो क्यासिनोको इभेन्ट म्यानेजरको रुपमा काम गरेका बर्न डिल्लनका अनुसार त्यतिबेला जसरी ट्रम्प प्लाजा र एटलान्टिक सिटीलाई विश्वको अगाडि स्थापित गराइयो त्यो अद्भूत थियो । यो क्यासिनोमा पप सुपरस्टार म्याडोना, रेस्लर हल्क होगन, म्युजिक लेजेण्ड कीथ रिचर्डस र सुपरस्टार अभिनेता ज्याक निकलसनजस्ता हस्तीहरु पनि विभिन्न कार्यक्रममा सहभागी भएका छन् ।







डिसी नेपाल







Facebook Comment