वार्ताबारे ओली र विप्लवको एउटै स्वर

डिसी नेपाल
८ फागुन २०७७ १६:३९
288
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिवन्धित विप्लव समूहलाई वार्तामा आउन आग्रह गरेका छन्। विराटनगरमा भएको नेकपा ओली समूहको जनसभालाई सम्बोधन गर्दै वार्तामा आउन आग्रह गरेका हुन्।

यता विप्लव समूहले पनि विज्ञप्ति जारी गर्दै वार्ताको लागि सकारात्मक रहेकाे जनाएको छ। महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा सरकारसँग वार्ता गर्न सकारात्मक रहेको जनाएका छन्। प्रधानमन्त्री ओलीले विप्लवलाई वार्तामा बोलाउने र विप्लव सकारात्मक हुनुले दुवैको एउटै स्वर भएको बताइएको छ।

विप्लवद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवं जनसमूदायको हित र अधिकारका लागि गरिएको सचेत पहल हो। यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग संवाद र वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउन चाहान्छौं।’

यसअघि, सरकारले २०७५ सालको फागुनमा प्रतिबन्ध लगाएको थियो। सरकारले मुलधारको राजनीतिमा आउनका लागि विप्लवसँग वार्ताका कुरा यसअघि पनि गरेको थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.