अमेरिका विश्वको नेतृत्व गर्न फर्किएको छः अमेरिकी विदेशमन्त्री ब्लिंकेन

डिसी नेपाल
८ फागुन २०७७ १६:३८
36
Shares

वासिङ्टन । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले अमेरिका पूर्ववत स्थितिमा फर्किएको बताएका छन् ।

महामारी, जलवायु परिवर्तन र इरानको परमाणु महत्वाकाङ्क्षाजस्ता मुद्दा सुल्झाउन सघाउनका लागि पूर्ण रूपमा संलग्न रहेको उनले बताएका छन् ।

बीबीसीलाई दिएको आफ्नो पहिलो अन्तर्राष्ट्रिय अन्तर्वार्तामा ब्लिंकेनले कोभिड–१९ विरूद्धको विश्वव्यापी खोप कार्यक्रममा जोड दिएको बताइएको छ । सो अन्तर्वार्ताको क्रममा कोरोनाभाइरसको उत्पत्तिको विषय खोजको लागि पारदर्शिताको अभाव देखाएको भन्दै चीनको समेत आलोचना गरेको समाचारमा जनाइएको छ ।

अमेरिकामा नयाँ राष्ट्रपति जो बाइडेन आएपछि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कैयौँ निर्णयलाई उल्टाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *