जापानमा कोरानाविरुद्धको खोप लगाएर मृत्यु भएमा चार लाख अमेरिकी डलर क्षतिपूर्ति पाउने

डिसी नेपाल
८ फागुन २०७७ २१:०२
380
Shares

टोकियो । जापानमा कोरानाविरुद्धको खोप लगाएर साइड इफेक्टका कारण यदि कुनै व्यक्तिको मृत्यु भएमा सरकारले क्षतिपूर्ति दिने भएको छ।

जापानको स्वास्थ्य मन्त्रालयका अनुसार खोपको साइड इफेक्टका कारण कसैको मृत्यु भएमा मृतकका परिवारलाई चार करोड ४२ लाख येन (करिब ४ लाख १९ हजारअमेरिकी डलर) सरकारले क्षतिपूर्ति दिने भएको हो।

जापानमा तेयामा प्रेफिक्चरमा केहीदिनअघि खोप लगाएका एक चिकित्सकलाई शुक्रबार खोप लगाएको भागमा फोकाहरु उठ्ने, डाबर जस्तो समस्या देखिएको पाइएको छ । उनले फाइजर बायोटेक कम्पनीको खोप लगाएका थिए ।

जापान सरकार प्रधानमन्त्री कार्यालयले एक ट्विट गर्दै घटनाको बारेमा जानकारी गराएको हो । जापानले गत बुधबारबाट देशभरका १०० वटा अस्पतालमा ४० हजार चिकित्साकर्मीहरूका लागि खोप लगाउन सुरुवात गरेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *