भिडियोः युए जहाजमा यसरी लाग्यो आगो, पाइलटले गरिसकेका थिए ‘मेडे’ कल, के हो ‘मेडे’ ?
काठमाडौं। अमेरिकाको युनाइटेड एयरलाइन्सको विमान युए ३२८ को इन्जिनमा विमान उडिरहेको समयमा आगो लागेपछि यात्रुहरुमा अतंकको स्थिति सृजना भयो । यद्यपि पाइलटले त्यो विमानलाई सुरक्षित अवतरण गराएका छन् । विमान जल्दै गर्दा विमानका पार्टपुर्जाहरु भुइँमा खसिरहेका थिए । तर पाइलटले सुझबुझपूर्ण तरिकाले विमानलाई अवतरण गराए ।
सीएनएनको रिपोर्टअनुसार दुर्घटनामा विमानमा भएका कुनै पनि यात्रुलाई केही भएको छैन । विमानका टुक्रा जमिनमा खस्दा त्यसले लागेर पनि कसैलाई केही भएको छैन । विमानमा सवार यात्रुहरुका अनुसार इन्जिनमा आगो लागेपछि यात्रुहरुले विमानभित्र निकै गर्मी महसुस भएको बताएका छन् । यो विमान अमेरिकाको डेनभरबाट उडेर हवाइ जाँदै थियो । रिपोर्टअनुसार विमानका पाइलटले मेडे कल गरिसकेका थिए ।
के हो मेडे कल ?
कुनै विमानका पाइलट वा पानीजहाजका क्याप्टेन यी शब्द कहिल्यै पनि बोल्न चाहँदैनन् । खासमा जब कुनै विमानका पाइलट वा पानीजहाजका क्याप्टेनलाई यो लाग्न थाल्छ कि उनी विमान वा जहाजलाई बचाउन सक्दैनन् यस्तो अवस्थामा उनले सम्बन्धित एटिसी वा कन्ट्रोल बडीसँग रेडियो कम्युनिकेशनमा कुरा गर्छन् । अन्तिम यात्राको आशंकाको समय गरिएको यो कललाई नै मेडे कल भनिन्छ । यो कुराकानीका क्रममा पाइलट वा क्याप्टेनले तीनपटक मेडे शब्द उच्चारण गर्छन् । यसको अर्थ विमान वा पानीजहाज पाइलट वा क्याप्टेनको नियन्त्रणबाहिर गइसक्यो भन्ने हुन्छ ।







डिसी नेपाल







Facebook Comment