भारत‍सँग वार्ता गराउन अमेरिकालाई पाकिस्तानको आग्रह

डिसी नेपाल
१० फागुन २०७७ १६:४६
104
Shares

बीबीसी । पाकिस्तानले भारत र पाकिस्तानबीच वार्ता गराई दक्षिण एशियामा शान्ति र स्थिरता कायम गर्न भूमिका निर्वाह गर्न अमेरिकालाई आग्रह गरेको समाचार पाकिस्तानको अङ्ग्रेजी पत्रिका डनले प्रकाशित गरेको छ।

उक्त समाचारअनुसार अमेरिकाका लागि पाकिस्तानका राजदूत असद माजिद खानले वाशिङ्टनस्थित थिङ्क ट्याङ्क स्टिम्सन सेन्टरद्वारा आयोजित एउटा कार्यक्रममा त्यस्तो आग्रह गरेका हुन्

‘पाकिस्तान एउटा शान्तिपूर्ण छिमेकी चाहन्छ। अनि सही परिस्थिति बाउने दायित्व भारतको हो,’ उनले भने। ‘यसमा आफ्नो भूमिका निर्वाह गर्न हामी अमेरिकालाई आग्रह गर्छौँ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *