श्रीलंकाले चिनियाँ कोभिड–१९ खोप अस्वीकार गर्‍यो

डिसी नेपाल
१२ फागुन २०७७ १५:३८
216
Shares

काठमाडौं। श्रीलंकाले चिनियाँ कम्पनी सिनोफार्मले विकास गरेको कोभिड–१९ विरुद्धको खोप अस्वीकार गरेको छ । उनले यसअघि भारतले उपहार दिएको ५ लाख डोजका अतिरिक्त १३.५ मिलियन डोज अक्सफोर्ड एस्ट्राजेनेका कोरोनाभाइरस खोपको अर्डर दिएको छ । श्रीलंकाले इम्युनाइजेसनको दोस्रो चरणमा चिनियाँ खोप प्रयोग नगर्न सक्ने एक सरकारी प्रवक्ताले मंगलबार बताए ।

प्लान्टेसन मन्त्री समेत रहेका रमेश पाथिरानाले चिनियाँ र रुसी खोपहरु तयार नभइसकेकाले दोस्रो चरणको इम्युनाइजेसनका लागि श्रीलंकाले एस्ट्राजेनेका खोप प्रयोग गरेर अगाडि बढ्ने सम्भावना रहेको बताए। ‘चिनियाँ खोपले तेस्रो चरणको परीक्षणसँग सम्बन्धित कागजातहरू पेश गरेको छैन,’ पाथिरानाले भने।

भ्याक्सिनेसनको पहिलो चरणका लागि सरकारले सीरम इन्स्टिच्युट अफ इण्डियाबाट एस्ट्राजेनेका खोपको १० मिलियन डोज अर्डर गरेको छ । उसले कोभ्याक्स कार्यक्रम अन्तर्गत ५२.५ मिलियन अमेरिकी डलरमा थप ३.५ मिलियन डोज सिधै ब्रिटेनको एस्ट्राजेनेका इन्स्टिच्युटबाट अर्डर दिएको प्रवक्ता पाथीरानाले बताए। भारतले जनवरीको अन्तमा श्रीलंकाको लागि एस्ट्राजेनेका खोपको ५ लाख डोज उपहार दिएको थियो।

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षले ‘छिमेकी पहिलो’ नीति अन्तर्गत भारतले अनुदानमा दिएको ५ लाख डोज कोभिशिल्ड भ्याक्सिन प्राप्त गरेपछि गत महिना भारतको उदारताको लागि धन्यवाद दिएका थिए । गत महिना भारतले श्रीलंका र अन्य सात देशहरू भुटान, माल्दिभ्स, बंगलादेश, नेपाल, म्यानमार, सेशेल्स, अफगानिस्तान र मौरिससलाई अनुदान सहायता अन्तर्गत कोभिड १९ भ्याक्सिन पठाउने घोषणा गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *