आइपीयो रिजल्ट हेर्न नयाँ व्यवस्था, रिजल्टका लागि यी तीनवटा माध्यम

डिसी नेपाल
१३ फागुन २०७७ १४:२१
360
Shares

काठमाडौं। नेपाल धितोपत्र वोर्डले आइपीयोको रिजल्ट थाहा पाउने नियम परिर्वतन गरेको छ। बोर्ड अन्र्तगत रहेको सिडिएस क्लियरिङ लिमिटेडले अबदेखि लगानीकर्ताले आइपीओ रिजल्ट आइपीओ निष्कासन गर्ने सम्बद्ध कम्पनीको वेवसाइट, सीडीएसको मेरो सेयर एप र बिक्री प्रबन्धकको वेबसाइटबाट मात्र हेर्न सक्ने जनाएको छ।

यो भन्दा अघि विभिन्न अनलाइन माध्यमका साथै आर्थिक समाचारका वेवसाइटहरुमा हेर्न मिल्ने व्यवस्था थियो।
सिडिएस एन्ड क्लियरिङ लिमिटेडका प्रवक्ता सुरेश न्यौपानेले हितग्राही खाता (डिम्याट अकाउन्ट) व्यक्तिगत विवरण भएकाले अबदेखि आइपीओ रिजल्ट अनलाइन मिडियामार्फत सार्वजनिक गर्न नदिइने बताएका छन्। अब लगानीकर्ताले अनलाइन मिडियाबाट आइपीओ परे नपरेको रिजल्ट हेर्न नपाउने भएका हुन्।

यो व्यवस्था भोलिदेखि बाँडफाँड हुन लागेको महिला लघुवित्तको आइपीओबाटै लागू हुने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.