सेयर बजारः साताकाे अन्तिम काराेबारकाे दिन ठूलाे अंकले घट्याे

डिसी नेपाल
१३ फागुन २०७७ १५:२५
192
Shares

काठमाडौं। साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार परिसूचक (नप्से) ठूलो अंकले घटेको छ। बिहीबार नेप्से परिसूचक ४४ दशमलव ९४ अंकले घट्यो।

यो सँगै यो सातका लागि नेप्से परिसूचक २ हजार ५ सय ५४ दशमलव १३ बिन्दुमा गएर रोकिएको छ। यसअघि बुधबार नेप्से १२ दशमलव ५६ अंकले बढेको थियो।

बिहीबार २ सय ६ कम्पनीको १ करोड ५८ लाख ५६ हजार १ सय ७१ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ९ करोड ८१ लाख ८ हजार भन्दा धेरै रकमको कारोबार भयो।

बिहीबार सेयर बजार राताम्मे भए पनि नेपाल इन्फ्रास्टक्चर बैंकको अधिक कारोबारो भएको छ। बैंकको १६ लाख ४९ हजार ९ सय ३० कित्ता सेयर ९० करोड भन्दा धेरै रकममा कारोबार भयो। आज सबै समूहका सेयर ओरालो लागेका छन्।

बिहीबार सबैभन्दा धेरै चन्द्रागिरी हिल्स र नेस्नल हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन्।

यस्तै सनराइज फस्ट म्युचुअल फण्ड र नेस्नल हाइड्रोपावरका लगानीकर्ताले धेरै सबैभन्दा धेरै गुमाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.