जुम्ल्याहा दाजुभाइ अब दिदीबहिनी बने, हजुरबुवाले सम्पत्ति बेचेर खर्च जुटाइदिए

डिसी नेपाल
१५ फागुन २०७७ १६:१०
5.2k
Shares

काठमाडौं। ब्राजिलमा बसोबास गर्ने जुम्ल्याहा दाजुभाइहरूले आफ्नो जीवनमा अधिकांश कुराहरु साथमा गरेका छन् र अहिले उनीहरुले ट्रान्सजेण्डर शल्यक्रिया गरेर रेकर्ड कायम गरेका छन्। ती १९ वर्षीय जुम्ल्याहा दाजुभाइले लैंगिक शल्यक्रिया गराएर केटी बनेका छन् ।

माइला र सोफियाका अनुसार उनीहरू बाल्यकालदेखि नै आफूलाई केटाजस्तो महसुस गर्न असमर्थ थिए । त्यसैले उनीहरूले शल्यक्रिया गर्ने निर्णय गरे। दुवैले ब्राजिलको दक्षिणपूर्वी शहर ब्लुमेनोको ट्रान्सजेण्डर केन्द्रबाट शल्यक्रिया गरेका छन्। केन्द्रका डाक्टर डा. होसे कार्लोसका अनुसार विश्वमा एकसाथ जन्मिएका जुम्ल्याहा दाजुभाइले शल्यक्रियापछि महिला बन्ने निर्णय गरेको यो पहिलो घटना हो ।

शल्यक्रिया गरेको एक हप्तापछि ती दुईले एएफपीसँगको भिडियो सम्मेलनमा आफ्नो अनुभव बाँडे। उनीहरुले यौन हिंसा र दुव्र्यवहारजस्ता अवस्थामा एकअर्कालाई कसरी सहयोग गरेका छन् भन्ने बारे पनि बताएका छन् । अर्जेन्टिनामा मेडिकल अध्ययन गरिरहेकी मायलाले आफूलाई सधैं आफ्नो शरीर राम्रो लाग्ने तर केटाको रुपमा आफूलाई असहज लाग्ने गरेको बताइन् ।

साओ पाउलोमा सिभिल इन्जिनियरिङ अध्ययन गर्ने सोफिया भन्छिन्, ‘ब्राजिलमा ट्रान्सफोबिया धेरै छ। मानिसहरूले यहाँ ट्रान्सजेण्डरहरूलाई धम्काएका छन्।’ नेसनल एसोसिएसन अफ ट्रान्ससेक्सुअल्सको तथ्यांकअनुसार गत वर्ष ब्राजिलमा ट्रान्सजेण्डर १७५ जनाको मृत्यु भयो र यो अन्य धेरै देशहरूको तुलनामा धेरै थियो।

हाम्रो निर्णयलाई आमाबाबुले सधैं समर्थन गरेको कुरा बताउँदै सोफियाले आमाबाबुलाई आफ्ना सन्तान ट्रान्सजेण्डर भएको थाहा पाएर अरुले होच्याउलान् वा यौनजन्य हिंसा गर्लान् भन्ने डर भएको बताइन् । यो शल्यक्रियाको लागि हजुरबुबाले पैसा दिएका थिए । उनले २० हजार अमेरिकी डलर बराबरको शल्यक्रियाको लागि आफ्नो जग्गा बेचेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *