ब्याजदरको सीमा नाघे सिधै बैंकका सीईओलाई राष्ट्र बैंकले कारबाही गर्न पाउने

डिसी नेपाल
१६ फागुन २०७७ १८:२५
404
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकले संसोधित नयाँ निर्देशिका जारी गरेको छ। बैंकले आइतबार ल्याएको नयाँ निर्देशिका अनुसार बैंक तथा वित्तीय संस्थाले ब्याजदरको सीमा उल्लंघन गरे सिधै प्रमुख कार्यकारी अधिकृत (सीईओ) कारबाहीको भागीदार हुनुपर्ने भएको छ।

नेपाल राष्ट्र बैंकले आइतबार एकीकृत निर्देशिकाको संशोधन गर्दै यो व्यवस्था थप गरेको हो।

कुनै महिनामा ब्याजदर अन्तरको सीमा नाघेमा सोही त्रैमाससम्ममा सीमाभित्र ल्याउनु पर्नेछ । यदि नल्याए ब्याजदर उल्लंघन गर्ने बैंक तथा वित्तीय संस्थाको सञ्चालक तथा सीईओ कारबाहीको भागीदार हुने राष्ट्र बैंकले जनाएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.