मेगन मर्केल राजकुमारी डायनाजस्तै मारिने डरले बेलायत छाडेको राजकुमार ह्यारीको खुलासा

डिसी नेपाल
१७ फागुन २०७७ १२:१८
1.5k
Shares

काठमाडौं। बेलायती राजकुमार ह्यारीले आफ्नी पत्नी मेगन मर्केल आफ्नी आमा राजकुमारी डायनाजस्तै गरी मारिन सक्ने डरले आफूले बेलायत छाडेको बताएका छन् । ओप्रा विनफ्रेसँगको एक अन्तरवार्तामा राजकुमार ह्यारीले यस्तो खुलासा गरेका हुन् । राजकुमार ह्यारीले आफ्नो सबैभन्दा ठूलो चिन्ताको विषय इतिहासले आफूलाई दोहोर्याउन सक्छ भन्ने भएको बताए ।

द सनमा प्रकाशित समाचारअनुसार ओप्राले ती दम्पतीले ‘केही स्तब्ध पार्ने कुराहरू’ प्रकट गरेको बताएकी छिन् । अन्तरवार्तामा मेगनको हात समाएका ह्यारीले भने ‘म तपाइँसँग यहाँ बसेर कुरा गर्न पाउँदा साँच्चै ढुक्क र खुसी छु मेरी पत्नी मेरो साथमा छिन् । मेरो सबैभन्दा ठूलो चिन्ताको विषय इतिहास फेरि दोहोरिन सक्छ भन्ने थियो ।’ अन्तरवार्ताको सानो क्लिप मात्रै अहिले सार्वजनिक गरिएको छ । यो अन्तरवार्ता मार्च ७ मा अमेरिकी टेलिभिजन सिबिएसमा प्रसारण हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *