कुकुरले मानिसले बोलेको झुट सुँघेर पत्ता लगाउँछन्
काठमाडौं। मानिसहरूले झुट बोलेको कुकुरहरुले थाहा पाउने र कुकुरहरुसँग सत्य सुँघ्न सक्ने तरिकाहरु हुने वैज्ञानिकहरुले बताएका छन् । जापानका अनुसन्धानकर्ताहरुले कुकुरहरु कत्तिको चलाख छन् भन्ने जाँच गर्ने क्रममा कुकुरहरुले कुन मानिसलाई विश्वास गर्ने र कसलाई नगर्ने भन्ने कुरा सम्झिन सक्ने खुलासा गरेका छन् ।
एनिमल कग्निशन पत्रिकामा प्रकाशित यो आश्चर्यजनक निष्कर्षले कुकुरहरु मानिसको व्यवहार चिन्न निकै छिटो भएको खुलासा गरेको छ । क्योटो विश्वविद्यालयमा अध्ययनको नेतृत्व गरेकी अकिको ताकाओकाले बीबीसीलाई भनिन् ‘कुकुरसँग हामीले सोचेभन्दा जटिल सामाजिक बुद्धि हुन्छ । यो सामाजिक बुद्धि मानिससितको लामो संगतबाट विकास भएको हो।’ अनुसन्धान टोलीले दर्जनौं भरोसायोग्य घरपालुवा जनावरहरूको परीक्षण गरेपछि यस्तो आश्चर्यजनक नतिजा निकालेका हुन् ।







डिसी नेपाल







Facebook Comment