सडकमा लामखुट्टेको बबण्डर ! धरहराजस्तै आकृति उभिएपछि गाडी चलाउनै समस्या

डिसी नेपाल
१७ फागुन २०७७ १५:१६
4.0k
Shares

काठमाडौं। लामखुट्टेहरूको विशाल झुण्डले आकाशमा भयानक बवण्डरजस्तो आकार बनाएको देखिएपछि अर्जेन्टिनाको ब्युनस आयर्समा गाडी चलाइरहेका व्यक्तिहरु स्तब्ध भएका छन् । अर्जेन्टिनाको जनरल माडारियागा र पिनामारबीच रुट ७४ मा एक ड्राइभरले रेकर्ड गरेको भिडियो फुटेजका बाटोमाथि आकाशमा ठूलो अँध्यारो अग्लो आकृती देखिन्छ ।

डेलीमेलमा प्रकाशित रिपोर्टअनुसार यो विशाल आकृति सयौं फिट अग्लो भएजस्तो देखिन्छ तर नजिकबाट हेर्दा यो विशाल संरचना लामखुट्टेहरू मिलेर बनेको पाइर्एको छ । भिडियो फुटेजमा आश्चर्यचसिकत मोटर चालकले ‘यो झन् ठूलो हुँदै गएको छ, मैले यस्तो पहिला कहिल्यै देखेको थिइनँ’ भनेको सुन्न सकिन्छ । यो विशाल आकृति अर्जेन्टिनाको ब्युनस आयर्समा देखिएको हो ।

सेन्टर फर पारासाइटोलोजिकल एण्ड भेक्टर स्टडिज (सीइप्याभ) का अनुसन्धानकर्ता जुआन जोसे गार्सियाले स्थानीय सञ्चार माध्यमलाई भने ‘भारी वर्षाको कारण बाढीले गर्दा जमेको पानीका पोखरीहरु बनेका छन् जहाँ पोथी लामखुट्टेहरूले अण्डा पार्छन् । यो प्रक्रियापछि ठूलो संख्यामा किराहरु जन्मिने उनले बताए । गार्सियाका अनुसार किराहरुको यो ठूलो संख्याले मानिसलाई खासै खतरा हुँदैन तर यसले बालीलाई नोक्सानी गर्न सक्छ । उनका अनुसार १५ दिन पर्खिने हो भने यी किराहरु आफैं मर्न थाल्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *