कोरोनाभाइरस भ्याक्सिनको चमत्कार ! कोरोनामात्रै होइन अन्य कैयौं रोगहरु पनि ठिक भए

डिसी नेपाल
१७ फागुन २०७७ १६:५५
972
Shares

काठमाडौं। कोरोनाभाइरसको भ्याक्सिनले केही व्यक्तिहरुलाई कोरोनाभाइरसबाट बचाउने मात्र नभइ अन्य कैयौं रोग समेत निको पारेको पाइएको छ । इङल्याण्डकी ७२ वर्षकी महिला जोआन वेकफिल्ड विगत ६ महिनादेखि राम्रोसँग हिँड्न सकिरहेकी थिइनन् । केही समयअगाडि उनको घुँडढाको अपरेसन भएको थियो र त्यसपछि उनलाई संक्रमण भएको थियो । संक्रमणका कारण उनका खुट्टा निकै दुख्थे । एस्ट्राजेनेकाको खोप लगाएको भोलिपल्ट नै उनको सबै दुखाइ हराइसकेको थियो । जोआन अब आफ्नो काममा फर्किन सक्ने आशामा छिन् । कोरोना भ्याक्सिनका कारण उनको यति गम्भीर समस्या ठिक भयो भन्ने उनलाई अझै विश्वास लागेको छैन ।

जोआन मात्रै होइन अन्य कैयौं मानिसहरुले पनि कोरोना भ्याक्सिन लगाएपछि आफ्ना गम्भीर समस्या ठिक भएको महसुस गरेका छन् । एक दुर्लभ लाइम रोगबाट ग्रसित एक व्यक्तिले पनि कोरोना भ्याक्सिन लगाएको केही दिनमै आफू ठिक भएको बताएका छन् । एक व्यक्तिलाई चिलाउने समस्या थियो र कोरोना भ्याक्सिन लगाएको केही घण्टामै उनको समस्या हराइसकेको थियो । अर्कोतर्फ एक महिलाले आफूलाई २५ वर्षदेखि रिंगटा लाग्ने समस्या भएकोमा भ्याक्सिन लगाएको ४ दिनमै यो समस्या समाधान भएको बताइन् । अर्की एक महिलाका अनुसार उनका पतिलाई निद्रासम्बन्धी समस्या थियो र यही कारण उनी ठिकसँग सुत्न पाएकी थिइनन् । पतिलाई भ्याक्सिन लगाएपछि यो समस्या समाधान भयो र उनी १५ वर्षपछि ठिकसँग निदाउन पाइन् ।

कुनै भ्याक्सिनले मानिसहरुको अन्य स्वास्थ्य समस्या समेत समाधान भएको यो पहिलो पटक भने होइन । यसअघि १९७० को दशकमा रुसका वैज्ञानिकहरुले मानिसहरुलाई पोलियो खोप दिएपछि फ्लुबाट हुने मृत्यु पनि कम भएको पाएका थिए । ७० र ८० को दशकमा डेनिस वैज्ञानिक पिटर आवेले पश्चिम अफ्रिकामा दादुराको खोप लगाएपछि यहाँका मानिसहरुको जन्मदर बढेको र बच्चा जन्मिएपछि मर्ने दरमा कमी आएको पाएका थिए ।

केही समय पहिले ग्रिस र नेदरल्याण्डका अनुसन्धानकर्ताहरुले एक परीक्षणका क्रममा केही व्यक्तिहरुलाई क्षयरोगको खोप दिएका थिए । यो भ्याक्सिन क्षयरोगका साथै क्यान्सर र अल्जाइमरजस्ता समस्याका लागि पनि लाभदायक भएको पाइएको थियो । अहिले कोभिड भ्याक्सिनले देखाएका फाइदाको विषयमा वैज्ञानिकले अनुसन्धान गरिरहेका छन् । युनिभर्सिटी अफ म्यानचेस्टरकी इम्युनोलोजिस्ट प्रोफेसर शीना क्रेएकसेंकको भने यस विषयमा फरा राय छ ।

डेलीमेलसँग कुरा गर्दै उनले बताएअनुसार यी मानिसहरुमा कोभिड भ्याक्सिनका कारण स्वास्थ्य समस्या ठिक हुनुको कारण यो पनि हुन सक्छ कि यीमध्ये अधिकांश व्यक्तिहरुलाई यी रोग त्यसबेला भएको थिएन जतिबेला उनीहरु युवा थिए । दादुरा, क्षयरोग जस्ता रोगहरुले हाम्रो रोग प्रतिरोधी शक्तिलाई निकै नोक्सानी गर्छ । यद्यपि अहिले यो प्रस्ट छैन कि एक भ्याक्सिनले कसरी कैयौं मानिसहरुका गम्भीर स्वासथ्य समस्याहरुविरुद्ध प्रभावकारी देखिइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *