जिरो रनमा आउट हुदै कोहलीले बनाए किर्तिमान

डिसी नेपाल
२१ फागुन २०७७ १३:३५
852
Shares

काठमाडौं । भारत र ईङल्यान्डबीच जारी ४ टेस्ट सिरिजको अन्तिम खेलमा भारतीय कप्तान जिरो रनमा आउट भएका छन । चौंथो नम्बरमा ब्याटिङ गर्न आएका कोहली बेन स्टा्रेक्सको बलमा विकेट किपर बेन फोक्सको हातबाट क्याच आउट भए । कोहली कप्तानको रुपमा आठौं पटक जिरो रनमा आउट भएका हुन । उनले जिरो रनमा आउट हुदै पूर्व भारतीय कप्तान महेन्द्र सिंह धोनीको सँगको किर्तिमान बराबरी गरेका छन । यसअघि टेस्ट क्रिकेटमा भारतका लागी सबैभन्दा बढी पटक जिरो रनमा आउट हुने किर्तिमान धोनीको नाममा रहेको थियो । धोनी हालसम्म टेस्ट क्रिकेटमा ८ पटक जिरो रनमा आउट भएका छन । कोहली धोनीसँगको किर्तिमान बराबरी गरेका छन ।

टेस्ट क्रिकेटमा कप्तानको रुपमा सबैभन्दा बढी पटक जिरो रनमा आउट हुने किर्तिमान न्युजिल्यान्डका स्टीफन फ्लेमीङको नाममा रहेको छ । उनी टेस्ट क्रिकेटमा सर्वाधिक १३ पटक जिरो रनमा आउट भएका छन । त्यस्तै दक्षिण अफ्रिकाका ग्रिन स्मिथ दश पटक, ईङल्यान्डका माईक एर्थेटन र दक्षिण अफ्रिकाका हेन्सी क्रोनिए समान आठ–आठ पटक जिरो रनमा आउट भएका छन । कोहली आफ्नो टेस्ट करियरमा दोस्रो पटक एउटै सिरिजमा २ पटक जिरो रनमा आउट भएका छन । यसअघि सन २०१४ मा ईङल्यान्ड सँगकै टेस्ट सिरिजमा उनले दुई पटक खाता खोल्न पाएनन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.