नेपाल, बंगलादेश र किर्गिस्तानबीच फुटबल प्रतियोगिता हुने
File Photo: ANFA
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले तीन देशबीच अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । एन्फाले शुक्रबार त्रिदेशीय फुटबल आयोजना गर्ने जनाएको छ ।
प्रतियोगिता चैत ९ देखि १७ (मार्च २२ देखि ३०) सम्म हुनेछ । दशरथ रंगशालामा आयोजना हुने प्रतियोगितामा नेपाल, बंगलादेश र किर्गिस्तानले खेल्ने छन् ।
राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा कुल ४ खेल हुनेछ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment