पूर्वजन्मका प्रेमीहरु भन्दै ५ वर्षका जुम्ल्याहा दाजुबहिनीको आफ्नै मातापिताले विवाह गरिदिए

डिसी नेपाल
२२ फागुन २०७७ १२:३८
3.2k
Shares

काठमाडौं। मातापिताको अन्धविश्वासका कारण ५ वर्षका जुम्ल्याहा दाजुबहिनी एक आपसमा विवाह गर्न बाध्य हुनु परेको छ । थाइल्याण्डका यी दाजुबहिनीका मातापिताले अन्धविश्वासका कारण उनीहरु पूर्वजन्ममा प्रेमी–प्रेमिका भएको विश्वास गरेर यसरी विवाह गरिदिएका हुन् । यी दुईको मार्च ४ मा थाइल्याण्डको नाखोन सी थाम्मरातमा रहेको आफ्नो घरमा विवाह गरिएको हो ।

उनीहरुका अन्धभक्त मातापिताले यस्तो बौद्ध संस्कारको पालना गर्छन् जुन संस्कारअनुसार जुम्ल्याहाहरु पूर्व जन्मको सम्बन्धका कारण साथमा जन्मने विश्वास गरिन्छ । यी मातापिताले उनीहरुका छोराछोरी पूर्वजन्ममा प्रेमी–प्रेमिका रहेको तर उनीहरुको विवाह हुनुभन्दा पहिल्यै मृत्यु भएकोले उनीहरु एक ‘कर्म’मा बाँधिएर यो जन्ममा एकसाथ जन्मेको विश्वास गर्छन् ।

द सनको रिपोर्टअनुसार बालबालिकाका ३१ वर्षका पिता र ३० वर्षकी आमाले यदि जुम्ल्याहाहरुको सुरुवाती अवसरमै विवाह गरिएन भने उनीहरुको जीवनमा पूर्वजन्मको प्रेमका कारण संकट आउने विश्वास गर्छन् । उनीहरुको विवाहमा आफन्त र इष्टमित्र पनि सहभागी भएका थिए तर एक बौद्ध भिक्षुले मन्त्रोच्चारणसहित उनीहरुको विवाह गराएका थिए ।

बालबालिकाका पिताले गर्वसाथ भने ‘हामी विश्वास गर्छौं कि फरक लिंगसहित जन्मिएका जुम्ल्याहाहरुको विवाह गरिदिनुपर्छ अन्यथा पछि उनीहरुमध्ये एक जना बिरामी हुन्छन् । हामीले यो सबै हाम्रा छोराछोरी सुरक्षित रहनेछन् भन्ने सुनिश्चित गर्नका लागि गरेका हौं । हामीले हाम्रा छोराछोरी बिरामी होउन् भन्ने चाहँदैनौं र हामीले यो विश्वास पच्छ्याउँदा गुमाउनुपर्ने केही छैन ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *