मेयर कपः एपीएफ र पुलिस विजयी

डिसी नेपाल
२२ फागुन २०७७ १८:०६
92
Shares

काठमाडौं । विभागीय टिम एपीएफ क्लबले पहिलो संस्करणको काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

टियु क्रिकेट मैदानमा शनिबार त्रिभुवन आर्मी क्लबलाई १ विकेटले पराजित गर्दै एपीएफले सुखद सुरुवात गरेको हो । आर्मीले दिएको २ सय ३६ रनको लक्ष्य एपीएफले ४९ ओभर ४ बलमा ९ विकेट गुमाएर पुरा गर्यो ।

एपीएफको जितमा सुमित महर्जनले ६० रनको अर्धशतकीय इनिङ्स खेले । उनले ७८ बलमा ८ चौका प्रहार गर्दै ६० रन जोडे । यस्तै बसन्त रेग्मीले ४९ रन तथा शंकर रानाले ३३ रनको योगदान दिए । आर्मीका बिक्रम सोबले तीन विकेट लिए । त्यस्तै करण केसीले दुई तथा सोमपाल कामी, शाहब आलम र लोकेश बमले १/१ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा अलआउट हुँदै २ सय ३५ रन बनाएको थियो । आर्मीका लागि रोहित पौडेलले ५६ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान विनोद भण्डारीले ४२ रन बनाए । लोकेश बमले ३० रन जोड्दा सोमपाल कामीले २८ रन बनाए ।एपीएफका लागि अविनास बोहोराले ३ विकेट लिए । अमर रौटेला र भुवन कार्कीले २/२ विकेट लिए ।

आजै भएको अर्को खेलमा बाग्मती पुलिससँग २ रनले पराजित भएको छ । मूलपानीमा भएको खेलमा पुलिसले दिएको ७३ रनको लक्ष्य पछ्याएको बाग्मतीले सबै विकेट गुमाएर मात्र ७० रन बनाउन सक्यो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.