इसाई धर्मगुरु पोपद्वारा इराकी धार्मिक नेतासँग सम्बन्ध सुधारको प्रयास
इराक । इसाई धर्मगुरु पोप फ्रान्सीसले मुस्लिम अगुवासँग सम्बन्ध सुधारको प्रयास गरेका छन् । मुस्लिम धार्मिक नेता अयातोल्लाह अलि सिस्तानीसँग उनले शनिबार भेटेर सम्बन्ध सुधारका लागि हात फैलाएका हुन् । उनको यो प्रयास र भेटवार्तालाई आधुनिक धार्मिक इतिहासमै एउटा ऐतिहासिक घटनाका रुपमा लिइएको छ ।
इराकको भ्रमणमा रहेका पोपले आफ्नो भ्रमणको दोस्रो दिनको बिहानै सिस्तानीलाई नाजाफमा रहेको उनकै निवासमा गएर भेटेका हुन् । पहिले नै हुने भनिएको भ्रमण कोरोनाभाइरसको महामारीका कारण पछाडि सरेको थियो । सिस्तानीलाई भेट्न पोप नाजाफ विमानस्थलमा ओर्लिएका थिए । त्यहाँ उनलाई उच्च सतर्कताका साथ स्वागत गरिएको थियो ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment