५ शब्दको एउटा ट्वीटको मूल्य ३० करोड ! किन यति महंगो भयो यो सामान्य ट्वीट ?
काठमाडौं। ट्वीटरमा १५ वर्षअघि गरिएको एउटा ट्वीट अहिले चर्चामा छ । यो ट्वीट ट्वीटरमा सहसंस्थापक ज्याक डोर्सीले २००६ को मार्च २२ मा गरेका थिए । यो डोर्सीको पहिलो ट्वीट थियो । डोर्सीले केही दिनअघि आफ्नो यो पहिलो ट्वीटलाई बिक्रीमा राखेका थिए जसको मूल्य लिलाम बढाबढका अहिलेसम्म २.५ मिलियन डलर (३० करोड रुपैयाँ) पुगेको छ र यो अझै बढ्ने अपेक्षा गरिएको छ ।
just setting up my twttr
— jack (@jack) March 21, 2006
बीबीसीको रिपोर्टअनुसार यो ट्वीटलाई नन फन्जिबल टोकनको रुपमा बिक्री गरिनेछ । बिक्री भइसकेपछि पनि यो पोस्ट सार्वजनिक रुपमा ट्वीटरमा उपलब्ध हुनेछ । यो ट्वीट किन्ने व्यक्तिले एक प्रमाण पत्र प्राप्त गर्नेछन् जुन प्रमाणपत्रमा डोर्सीले डिजिटल हस्ताक्षर गरेर भेरिफाइ गर्नेछन् । यो ट्वीटलाई ३ महिनाअघि स्थापना भएको ट्वीट खरिदबिक्री गरिने बजार भ्यालुएबल बाइ सेन्टले बिक्रीमा राखेको हो ।







डिसी नेपाल








Facebook Comment