सुनैसुनको पहाड भेटियो ! खन्दै, माटो पखाल्दै, सुन निकाल्दै
काठमाडौं। ठूलो पहाडमा सुनैसुन भरिएको छ भन्ने खबर फैलियो भने के होला ? सुनजस्तो बहुमूल्य धातु पाउन त्यहाँ मानिसहरुको भीड अवश्यक लाग्छ । यस्तै सुनैसुनले भरिएको पहाड भेटिएपछि सुन खन्नको लागि स्थानीयको भीड लागेको भिडियो पछिल्लो समय भाइरल भइरहेको छ ।
पत्रकार अहमद अलगोहबरीले ट्वीटरमा सार्वजनिक गरेको यो भिडियो अफ्रिकी देश कंगोको भएको बताएका छन् । यहाँको एक पहाडमा ६० देखि ९० प्रतिशतसम्म सुन भएको बताइएको छ जहाँ अहिले माटो खनेर, धुलो पखालेर सुन जम्मा गर्ने मानिसको भिड लागेको छ ।
A video from the Republic of the Congo documents the biggest surprise for some villagers in this country, as an entire mountain filled with gold was discovered!
They dig the soil inside the gold deposits and take them to their homes in order to wash the dirt& extract the gold. pic.twitter.com/i4UMq94cEh— Ahmad Algohbary (@AhmadAlgohbary) March 2, 2021
समाचार एजेन्सी रोयटर्सका अनुसार यहाँ सुन खोज्न जानेहरु अत्याधिक भएपछि प्रान्तीय खानी मन्त्रीले बिहीबार यहाँ खानी उत्खननमा प्रतिबन्ध लगाएका छन् । कंगोको दक्षिण किभु प्रान्तको यो पहाडमा भीड बढेपछि यहाँ अझै राम्रोसँग जाँच नहुँदासम्मको लागि उत्खननमा प्रतिबन्ध लगाइएको छ । फेब्रुअरी महिनाको अन्तमा लुहिहीमा सुनयुक्त कच्चा पदार्थ भेटिएको खबर फैलिएपछि यहाँ सुन खन्नेहरुको भीड लाग्न सुरु भएको थियो ।
दक्षिण किभुका खानी मन्त्री भेनान्ट बुरुम मुहिगिरवाका अनुसार यो ठाउँ प्रान्तीय राजधानी बुकावुबाट लगभग ५० किलोमिटर टाढा छ । कंगोमा घरेलु औचार प्रयोग गरेर खानी उत्खनन गर्नु सामान्य कुरा हो । यहाँ पूर्व र उत्तरपूर्वी क्षेत्रमा कैयौं सुन खानीहरु पनि छन् । भीड बढेपछि उत्खननकर्ता, व्यापारी र कंगो सशस्त्र बलका जवानहरुलाई लुहिही वरिपरिका क्षेत्रबाट अर्को सूचना नभएसम्मका लागि तत्काल हट्न आदेश दिइएको छ ।
The moment of washing the dirt and extracting the gold. #Congo pic.twitter.com/7L1V1Clm30
— Ahmad Algohbary (@AhmadAlgohbary) March 2, 2021
अब यी उत्खननकर्ताहरुलाई व्यवस्थित रुपले दर्ता गरेर मात्र उत्खननको लागि जान अनुमति दिइनेछ । गत वर्ष कंगोमा रहेका संयुक्त राष्ट्रसंघीय विशेषज्ञहरूको समूहले रिपोर्ट गरेअनुसार कंगोमा सुन उत्पादन व्यवस्थित तरिकाले निकै कम हुन्छ र यसका पूर्वी छिमेकीहरूमार्फत विश्वव्यापी आपूर्ति श्रृंखलाहरूमा कैयौं टन सुन तस्करी हुन्छ ।







डिसी नेपाल








Facebook Comment