अमेरिकी पोर्नस्टारका कारण इरानमा हल्लाखल्ला
काठमाडौं। एक अमेरिकी वयस्क अभिनेत्रीका कारण इरानमा हल्लाखल्ला भएको छ । अमेरिकी वयस्क अभिनेत्री एलेक्सिस टेक्सासले एक इरानी म्युजिक भिडियोमा अभिनय गरेपछि यसले इरानमा ठूलो तरंग ल्याएको हो । म्युजिक भिडियोमा यी अभिनेत्रीले निकै छोटो कपडा लगाएको भन्दै यसको विरोध हुन थालेको छ । एक पत्रकारले यो भिडियो अत्याधिक छिटो फैलिने भएकोले यसलाई ‘पोलियोभन्दा खतरनाक’ भएको टिप्पणी गरेका छन् ।
इरानी पपस्टार सासीको यो म्युजिक भिडियोको सुरुमा एलेक्सिसले परम्परागत पहिरन लगाएकी छिन् तर भिडियो अगाडि बढ्दै जाँदा उनले बाहिरी कपडा खोलेर फाल्छिन् र छोटो कपडामा इरानी पपस्टार सासीसँग नाच्छिन् । यो भिडियोमा त्यस्तो अपत्तिजनक कुरा केही देखिँदैन तर इरानी कट्टरपन्थीहरुले भने युवाहरुले उनले यसअघि गरेका काम अनलाइनमा सजिलै खोज्न सक्ने भन्दै यसलाई खतरनाक बताएका छन् ।
यो भिडियोको सानो क्लिपमात्र सार्वजनिक गरेको एक अनलाइन एपमाथि अधिकारीहरुले अनुसन्धान थालेको बताइएको छ । यो गीत गाउने इरानी पपस्टार सासीले २००९ मा इरान छाडेर अहिले अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका छन् । उनको वास्तविक नाम सासन याफ्तेह हो । उनी अमेरिकामा बस्दै आए पनि इरानी किशोरकिशोरीमाझ निकै लोकप्रिय छन् । ३२ वर्षका यी पपस्टारका भिडियोहरुलाई इरानमा अनुमति छैन तर यी भिडियोहरु सामाजिक संजालमार्फत इरानी दर्शकसम्म पुग्छन् ।







डिसी नेपाल








Facebook Comment