ऋषि कट्टेलको नेकपाको पक्षमा सर्वोच्चको फैसला, ओली–प्रचण्ड–माधव अप्ठ्यारोमा

डिसी नेपाल
२३ फागुन २०७७ १५:२८
364
Shares

काठमाडौं। निर्वाचन आयोगले तत्कालिन नेकपा एमाले र माओवादी पार्टी एकीकरण पछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाममा दल दर्ता गरेकोलाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ। नेकपाका अध्यक्ष ऋषि कट्टेलले आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाममा निर्वाचन आयोगले अर्को दल दर्ता गरेको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

आइतबार सर्वोच्चका न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको सँयुक्त इजलासले कट्टेलको पक्षमा फैसला सुनाउँदै ओली–प्रचण्ड नेतृत्वको नेकपाको दर्ता खारेज गर्न निर्वाचन आयोगलाई आदेश दिएको छ।

सर्वोच्चको यो फैसलासँगै व्यवहारिक रुपमा विभाजित बनेको सत्तारुढ दल नेकपाको विषय झन पेचिलो बनेको छ। हाल सत्तारुढ दल नेकपा पनि दुई समूहमा विभाजित छ। तर, निर्वाचन आयोगले विभाजनलाई कानुनी मान्यता दिएको छैन।

अब सो नामको दल नै खारेज भई ऋषि कट्टेल नेतृत्वको नेकपा दर्ता हुने भएपछि केपी शर्मा ओली, प्रचण्ड र माधवकुमार नेपालको नेतृत्वमा रहेका नेकपाको भविष्य के हुन्छ भन्ने थप अन्यौल बढेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.