यात्रु बोकेर उडिरहेको इरानी जहाज अपहरणको प्रयास !
काठमाडौं। यात्रु बोकेर उडिरहेको एक इरानी जहाज अपहरणको प्रयास भएको छ । यद्यपि यो प्रयास विफल भएको अधिकारीहरुले जनाएका छन् । इरानको रिभोल्युशनरी गार्डले शुक्रबार विमान अपहरणको प्रयास विफल पारिएको जनाएको छ । अपहरणकारीले इरान एयरको फोकर १०० विमानलाई लक्ष्य बनाएका थिए । यो इरानको क्षेत्रीय व्यवसायिक उडान हो जुन दक्षिण पश्चिमी शहर अहवाजबाट उत्तरपूर्वी शहर मसहाद जाँदै थियो ।
डेलीमेलमा प्रकाशित समाचार अनुसार रिभोल्युशनरी गार्डको जानकारीमा अपहरणकर्ताको पहिचान खुलाइएको छैन । अपहरणकर्ताले विमानलाई पर्सियन खाडीको दक्षिणतर्फ लैजान भनेको मात्र खुलासा गरिएको छ । यो जानकारीमा तीन देशहरु बहराइन, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स शंकाको दायरामा पर्छन् । यी तीनवटै देशको इरानसँग सम्बन्ध राम्रो छैन । रिभोल्नुशनरी गार्डका अनुसार विमानलाई मध्य इरानको शहर इस्फाहानमा आकस्मिक अवतरण गरिएको छ र कोही पनि घाइते भएका छैनन् ।
अपहरणकर्ता हतियारधारी थिए वा थिएनन् भन्ने स्पष्ट छैन । फ्लाइटराडार २४ का अनुसार एउटा फोकर १०० जहाज बेलुकी सवा ७ बजे अहवाजबाट मसहादको लागि उड्ने तालिका थियो । यात्रुहरुलाई अर्को जहाजबाट गन्तव्यतर्फ पठाइएको बताइएको छ । इरानको एयरपोर्ट र एयरस्पेसको सुरक्षाको जिम्मेवारी इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्सलाई दिइएको छ ।







डिसी नेपाल








Facebook Comment