न्यूजिल्याण्डमा ६.६ म्याग्नेच्युडको शक्तिशाली भूकम्प

डिसी नेपाल
२५ फागुन २०७७ १०:०७
140
Shares

काठमाडौं। न्यूजिल्याण्डमा ६.६ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको छ । न्यूजिल्याण्डको पूर्वी किनारामा केन्द्रविन्दू भएर भूकम्प गएको हो । मंगलबार यो भूकम्पसँगै अन्य कैयौं परकम्पका धक्काहरु महसुस भएका छन् । ४ दिन अगाडि मात्र पनि यहाँ २ शक्तिशाली धक्का आएपछि समुद्र किनाराबाट १०० माइलको दूरीसम्म सुनामीको आशंकामा बस्ती खाली गराइएको थियो ।

मंगलबार बिहान रेकर्ड गरिएका धक्काहरुमध्ये सबैभन्दा शक्तिशाली धक्का ६.६ म्याग्नेच्युडको रेकर्ड गरिएको छ जुन स्थानीय समयअनुसार बिहान ७ बजेर ३५ मिनेटको समयमा गएको थियो । यसको एक मिनेटपछि नै केर्माडेक आइल्याण्ड केन्द्रविन्दू भएर ४.९ म्याग्नेच्युडको परकम्प गएको थियो । अहिलेसम्म सुनामीको चेतावनी जारी नगरिएको द सनले जनाएको छ ।

न्यूजिल्याण्डको आधिकारिक भौगर्भिक सूचना प्रणाली जियोनेटले एक घण्टाभित्र १२ धक्काहरु रेकर्ड गरिएको जनाएको छ । यीमध्ये ११ वटा भने ३ म्याग्नेच्युडभन्दा कम क्षमताका भएका र यिनीहरुलाई कमजोरको श्रेणीमा राखिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *