एउटै परिवारका ४ जनाको शव कर्णाली नदीमा

डिसी नेपाल
२५ फागुन २०७७ १३:१३
104
Shares

काठमाडौं। दैलेखको आठबीस नगरपालीकाका एकै घरका चार जनाको शव फेला परेको छ। आइतबार बेपत्ता भएका एकै घरका पाँच जना सदस्यमध्ये मंगलबारसम्म चार जनाको शव कर्णाली नदीमा फेला परेको वडा नं ३ का अध्यक्ष तर्क बहादुर शाहीले जानकारी दिए।

गत आइतबार आठबीस नगरपालीका वडा नं ३ स्थित निमाइलका एउटै परिवारका ५ जना सदस्य बेपत्ता भएका थिए। उनीहरुमध्ये २ जनाको शव सोमबार र २ जनाको मंगलबार फेला परेको हो।

शब फेला पर्नेहरुमा आमा, २ जना छोरी र एक जना छोराको छन्। एक जना छोरी भने अझै बेपत्ता छन्। मंगलबार आमा र १० वर्षे छोराको शव फेला परेको हो। यसअघि सोमबार २ जना दिदिबहिनीको शव कर्णाली नदी किनारमा फेला परेको थियो।

पारिवारिक झगडाका कारण घटना भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ। स्थानिय प्रहरीले दिएको जानकारीअनसार घरमा रहेका उनका श्रीमानलाई प्रारम्भिक अनुसन्धानका लागि पक्राउ गरिएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.