१८ वर्षदेखि जेलमा रहेकी सिरियल किलर आमालाई अहिले किन निर्दोष भन्दैछन् वैज्ञानिकहरु ?
काठमाडौं। आफ्नै ४ छोराछोरीको हत्याको आरोपमा विगत १८ वर्षदेखि जेलमा थुनिएकी एक महिलाको पक्षमा चिकित्सा विशेषज्ञ र वैज्ञानिकहरुले आवाज उठाएका छन् । यी विशेषज्ञहरुले जुन अपराधको लागि ती महिलाले सजाय काटिरहेकी छिन् खासमा त्यो अपराधमा उनी दोषी नभएको दावी गरेका छन् । वैज्ञानिकहरुले ती महिला निर्दोष भएको प्रमाणित गर्नको लागि बलियो वैज्ञानिक तर्कसमेत दिएका छन् ।
द गार्डियनका अनुसार अस्ट्रेलियामा सजाय काटिरहेकी क्याथलिन फोल्बिगमाथि १९९० देखि १९९९ को बीचमा आफ्ना ४ जना छोराछोरीको हत्या गरेको आरोप थियो । उनलाई २००३ मा दोषी ठहर गरिएपछि उनले त्यसयता जेलमा सजाय काटिरहेकी छिन् । रिपोर्टका अनुसार अहिले देशका ९० प्रख्यात वैज्ञानिकहरुले हस्ताक्षर गरेको एक याचिका अस्ट्रेलियन एकेडेमी अफ साइन्सले जारी गरेको छ । यसमा वैज्ञानिकहरुले ती ४ जना बालबालिकाको मृत्यु प्राकृतिक कारणले भएको प्रमाण पेश गर्दै महिला निर्दोष भएको दावी गरेका छन् ।
वैज्ञानिकहरुका अनुसार क्याथलिनका सबै ४ छोराछोरीहरु दुर्लभ आनुवंशिक रोगबाट ग्रसित थिए जसका कारण उनीहरुको मृत्यु भएको थियो । याचिकामा दुर्लभ आनुवंशिक रोगका प्रमुख विश्वस्तरीय विशेषज्ञहरुको हस्ताक्षर छ । विशेषज्ञहरुले दुर्लभ आनुवंशिक परिवर्तन ती बालबालिकाहरुको मृत्युको कारण बनेको बताएका छन् । याचिका क्याथलिन र उनका चार सन्तानको पूरै जिनोम अनुक्रममा आधारित भएको बताइएको छ ।
वैज्ञानिकहरुले क्याथलिनकी दुई छोरीहरु सारा र लाउरामा आनुवंशिक उत्परिवर्तनको समस्या भएको पाएका छन् । अन्य दुई छोराहरु कालेब र प्याट्रिकको जिनोममा अर्को अलग दुर्लभ आनुवंशिक जीनको समस्या जो मुसामा पाइने घातक मिर्गी रोगसँग सम्बन्धित थियो । रिपोर्टका अनुसार प्याट्रिक जन्मिनुभन्दा ४ महिना पहिल्यै उनमा मिर्गीको लक्षण भेटिएको थियो र कालेबलाई सास फेर्न कठिनाइ थियो ।
क्याथलिनको रिहाइको लागि न्यू साउथ वेल्सका गभर्नरलाई याचिका बुझाइएको छ । क्याथलिनलाई आफ्ना ४ सन्तानको हत्याको आरोपमा जेल सजाय सुनाइएको थियो जुन बच्चाहरुको मृत्यु हुने समयमा उमेर १९ दिनदेखि १९ महिनाको बीचमा थियो । क्याथलिनमाथि डिप्रेसनको क्रममा बच्चाहरुको तस्करी र हत्या गरेको आरोप लागेको थियो ।







डिसी नेपाल







Facebook Comment