विभागीय टोली एपीएफ क्लब बागमती प्रदेशसँग पराजित

डिसी नेपाल
२५ फागुन २०७७ १८:०३
116
Shares

काठमाडौं । काठमाडौँ मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले विभागीय टोली एपीएफ क्लबलाई २७ रनले पराजित गरेको छ । टियु क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित ५० ओभरको खेलमा ६ विकेट गुमाएर २३३ रन बनायो । टोलीका लागि नन्दन यादवले ५६ बलमा ६० रनको अर्धसतकिय अविजित पारी खेले । सो क्रममा उनले ७ चौंका र २ छक्का प्रहार गरे ।

बागमती प्रदेशका लागि कप्तान ज्ञानेन्द्र मल्लले पनि अर्धसतकिय पारी खेल्दै ५७ रन बनाएर आउट भए । आदिल खान (३४), ईशान पाण्डे (३१) र पारस खड्काको २९ रनको मद्दतमा बागमतीले एपीएफ सामु २३४ रनको लक्ष्य खडा गर्यो । एपीएफका लागि बलिङमा किशोर महतो र अमरसिंह रौटलाले समान २–२ विकेट लिदा बसन्त रेग्मी र अबिनाश बोहोराको नाममा एक–एक विकेट रह्यो ।

लक्ष्य पछ्याएको विभागीय टोली एपीएफ क्लबले ४४ ओभर ५ बलमा सबै विकेट गुमाएर २०६ रन मात्र बनायो । एपीएफका लागि आशिफ शेखले अर्धसतकिय पारी खेल्दै ५० रन बनाए । शंकर राना (२९), सन्दीप जोरा (२५), अमरसिंह रौटेला (२७) र भुवन कार्कीले (१४) रन बनाउदा पनि एपीएफ जित नजिकै पुगेर रोकियो । एपीएफलाई रोक्न बागमतीका सोनु देवकोटा एक्लैले ६ विकेट लिए । राम नरेश गिरी र अरियो पौडेलको नाममा २–२ विकेट रहयो । खेलको म्यान अफ द म्याच बागमतीका सोनु देवकोटा भए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.