यात्रुले मोदी र जिसस भन्दै चिच्याउन थालेपछि विमानको आकस्मिक अवतरण

डिसी नेपाल
२६ फागुन २०७७ १६:००
8.0k
Shares

काठमाडौं। उडिरहेको विमानमा एक यात्रुले चालकदलका सदस्य र अन्य यात्रुहरुमाथि चिच्याउन थालेपछि एक पाइलट विमानलाई आकसिमक अवतरण गराउन बाध्य भएका छन् ।

घानाबाट पेरि हुँदै नयाँ दिल्ली आउन लागेको एयर फ्रान्सको विमानमा रहेका ती यात्रुले जीसस र धर्मको बारेमा चिच्याउन थालेपछि विमानलाई बुल्गेरियामा आकसिमक अवतरण गराइएको छ । ती यात्रुले विमानमा चिच्याउँदै गरेको भिडियो सार्वजनिक भएको छ जसमा उनले ‘हिन्दुहरु जागिसकेका छन्’ भन्दै ककपिटको ढोका हानेको देख्न सकिन्छ ।

मेट्रोको रिपोर्टअनुसार ती व्यक्तिले एक यात्रुसँग आफूलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बोलाइरहेको भन्दै मोदीलाई छुने हिम्मत नगर्न पनि चेतावनी दिए । त्यसपछि ती व्यक्तिले मनपरी चिच्याउन थाले । कहिले उनले ‘जिसस जानुपर्छ’ जिसस के तपाइँ साहसी हुनुहुन्छ’ भन्दै चिच्याउँथे कहिले मोदी, मोदी भन्दै चिच्याउँथे ।

उनको यो चर्तिकलाकै बिचमा विमान आकस्मिक अवतरण गर्न लागेको घोषणा गरियो । बुल्गेरियाको सोफिया अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि ती यात्रुलाई त्यहीँ ७२ घण्टाको लागि नियन्त्रणमा राखिएको छ । उनी उडान सुरक्षामा खतरा उत्पन्न गराएको आरोपमा दोषी ठहरिए उनलाई १० वर्षसम्म जेल सजाय हुन सक्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *