बेलायती महारानीले शाही परिवार र कर्मचारीलाई केही नबोल्न ह्वीप जारी गरिन्

डिसी नेपाल
२७ फागुन २०७७ ११:४९
2.1k
Shares

काठमाडौं। बेलायती महारानी एलिजाबेथ द्वितीयले शाही कर्मचारी र शाही परिवारका सदस्यहरुलाई सार्वजनिक रुपमा केही पनि नबोल्न ह्वीप जारी गरेकी छिन् । हाले राजकुमार ह्यारी र उनकी पत्नी मेगन मर्केलले एक अन्तरवार्तामा शाही परिवारका विषयमा गम्भीर खुलासा र केही आरोप समेत लगाएपछि यस विषयमा महारानीले आफैंले सबै कुरा गर्ने निर्णय गरेकी हुन् ।

महारानीले आफ्ना नाती राजकुमार ह्यारी र नातिनी बुहारी मेगनसँग आफैंले व्यक्तिगत रुपमा कुरा गर्ने बताउँदै यस विषयमा अरु कोहीलाई केही पनि बोल्न प्रतिबन्ध लगाउने गरी तीन लाइनको ह्वीप जारी गरेको बेलायती अखबार डेलीमेलले जनाएको छ । महारानीले अमेरिकाको क्यालिफोर्नियामा रहेका नाती र बुहारीसँग फोनमार्फत कुरा गर्ने अपेक्षा गरिएको छ ।

ह्यारी र मेगनको अन्तरवार्तापछि यस विषयमा बकिंघम राजदरबारको धारणाबारे राजकुमार ह्यारी र मेगनलाई जानकारी गराइसकिएको छ । महारानीले भने यो समय अझै व्यक्तिगत रुपमा कुरा गर्ने समय भएको विश्वास गरेकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.