मेस्सी र रोनाल्डो दुवै च्याम्पियन्स लिगबाट बाहिरिए, राउण्ड अफ १६ बाटै आउट !
काठमाडौं। युरोपेली फुटबल लिग च्याम्पियन्स लिगमा यस वर्ष अब लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो हुने छैनन् । पछिल्लो दशक विश्व फुटबलमा सर्वोत्कृष्ट खेलाडीको रुपमा मानिएका यी दुई स्टारहरु यो सिजन भने च्याम्पियन्स लिगको राउण्ड अफ १६ बाटै बाहिरिएका छन् । च्याम्पियन्स लिगको इतिहासमा १६ वर्षपछि पहिलो पटक क्वाटर फाइनलमा रोनाल्डो र मेस्सी दुवै हुने छैनन् ।
यसपटकको यूइएफए च्याम्पियन्स लिगबाट लियोनल मेस्सीको टोली बार्सिलोना र क्रिस्टियानो रोनाल्डोको टोली युभेन्ट्स बाहिरिएको छ। राउन्ड अफ १६ बाटै मेस्सीको क्लव बार्सिलोना र रोनाल्डोको क्लव युभेन्टस प्रतियोगिताबाट बाहिरिएका हुन्। मेस्सीको बार्सिलोनाले पहिलो लेगमा पिएसजीसँग ३–१ ले हारेको थियो । दोस्रो लेगमा १–१ को बराबरी खेलेको बार्सिलोना समग्रमा ५–२ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।
उता रोनाल्डोको क्लव युभेन्टसले पहिलो लेगमा पोर्तोसँग २–१ ले हारेको थियो । दोस्रो लेगमा ३–२ ले जितेर समग्रमा ४–४ को बराबरी गर्न सके पनि पोर्तो अवे गोलको आधारमा क्वाटरफाइनल पुगेको हो । रोचक त के भने पोर्तो रोनाल्डोको देश पोर्चुगलकै टिम हो । पछिल्लो १६ वर्षमा मेस्सी र रोनाल्डो दुवै वा कुनै एक लिगको क्वाटरफाइनल पुगेका थिए । यो अवधिमा रोनाल्डोले ५ पटक र मेस्सीले ४ पटक लिगको उपाधि नै जितेका थिए ।







डिसी नेपाल








Facebook Comment