एमाले एकलौटी बनाउने ओलीको निर्णय, ओली विरोधीको सफाया
फाइल फाेटाे
काठमाडौं। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आफू निकट एमाले केन्द्रीय कमिटी सदस्यहरुको बैठक राखेर पार्टीलाई एकलौटी बनाउने निर्णय गराएका छन्।
सो बैठकलाई ओली समूहले एमाले केन्द्रीय कमिटी बैठकभनेको छ। बैठकले पार्टीको कमिटीहरुको संरचना फेर बदल, नेताहरुको जिम्मेवारी खारेज, महाधिवेशनको मिति, आफू निकट नेताहरुलाई जिम्मेवारी र तत्तकालिन माओवादीका नेताहरुलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनित गरेका छन्।
शुक्रबारको बैठकले जिम्मेवारी खोस्ने निर्णय गरेका नेताहरु सबै ओली विरोधी समूहका हुन्। सर्वोच्च अदालतले तत्कालि एमाले ब्युँताइदिएपछि स्वतः एमालेको पदाधिकारीमासमेत फर्केकाहरुको पद खारेज गर्दै अब एमालेमा अध्यक्ष र महासचिबमात्र रहने व्यवस्था गरिएको एक नेताले जानकारी दिए।
ओली समूहको यो निर्णयको तारोमा ओली विरोधी समूहका नेताहरु परेका छन्। माधव नेपाल समूहमा रहेका झलनाथ खनाल र माधकुमार नेपालको वरिष्ठ नेताको पद, भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीको उपाध्यक्षको पद, घनश्याम भुसालको उपमहासचिको पद, योगेश भट्टराई, गोकर्ण विष्ट र भीम आचार्य सचिव पद खारेज भएको छ। त्यसो त ओली निकट रहेका उपमहासचिब विष्णु पौडेल, सचिब पृथ्वी सुब्बा गुरुङको सचव पदसमेत खारेजीमा परेको छ। उता कुनै समूहमा नरहेका वामदेव गौतमको उपाध्यक्ष पदसमेत खारेज भएको छ।
यस्तै शुक्रबारको बालुवाटार बैठकले पार्टीको महाधिवेशन आगामी मंसिर ६ देखि १० सम्म गर्ने निर्णयसमेत गरेको छ। यस्तै बैठकले तत्कालिन एमाले र माओवादीबीच एकीकरण हुँदा केन्द्रीय सदस्यमा मनोनित गरिएकाहरुको पद यथावत राख्दै तत्कालिन माओवादी त्यागेर ओलीलाई सहयोग गरेका २३ जनासमेत एमाले केन्द्रीय सदस्यमा मनोनित भएका छन्।
माओवादी त्यागेर ओलीलाई साथ दिएका रामबहादुर थापा वादल पार्टीको बागमती इन्चार्ज र लेखराज भट्ट सुदूरपश्चिम इन्चार्ज भएका छन्। प्रदेश नम्बर १ को इन्चार्जमा सुवास नेम्वाङ, २ को इन्चार्जमा सत्यनारायण मण्डल, गण्डकीको इन्चार्जमा पृथ्वी सुब्बा गुरुङ, लुम्बिनीको इन्चार्जमा शंकर पोखरेल र कर्णालीको इन्चार्जमा मणि थापा तोकिएका छन्।
बालुवाटारमा ओली समूहले यो निर्णय गरेपछि माधव समूहको प्रतिक्रिया आइसकेको छैन। डिसी नेपालले सो समूहमा रहेका गोकर्ण विस्टसँग प्रतिक्रिया माग्दा उनले अहिले यो विषयमा केही नबोल्ने बताए। माधवकुमार नेपालले भने माेबाइल अफ गरेका छन्।







डिसी नेपाल








Facebook Comment