थाइल्यान्डमा कोभिड खोप कार्यक्रम स्थगित
बीबीसी । थाइल्यान्डले ‘अप्रमाणित रगत जम्ने समस्या’को डरका कारण अस्ट्राजेनेकाको खोप लगाउने कार्यलाई ढिलो गर्ने बताएको छ। थाइल्यान्डका प्रधानमन्त्रीले खोप वितरण शुक्रवार उद्घाटन गर्ने कार्यक्रम थियो तर यो हाललाई स्थगित गरिएको छ।
डेनमार्क र नर्वेसहित केही देशहरूले यो खोप लगाउने कार्य स्थगित गरेका छन्। नेपालमा लगाइएको खोप पनि अस्ट्राजेनेकाको खोप हो। हालसम्म ५० लाखभन्दा बढी युरोपेली नागरिकले यो खोप लगाइसकेका छन्। तीमध्ये ३० जनामा रगत जम्ने समस्या देखिएको थियो।
तर युरोपेली युनियनको औषधि नियामक निकायले अक्सफर्ड(आस्ट्राजेनेका खोपले मानिसहरूमा रगत जम्ने खतरा बढाएको कुनै सङ्केत नभएको जनाएको छ। त्यस्तो खतराको जोखिमस्तर खोप लगाएका र नलगाएका मानिसमा उत्तिकै रहेको उसले जनाएको छ।
‘खोपकै कारण यी समस्या आएका हुन् भन्ने हाल कुनै सङ्केत प्राप्त भएको छैन। खोपको साइड इफेक्टमा यी सूचीकृत छैनन्,’ युरोपेली मेडिसिन्स एजेन्सी ईएमएले बिहीवार जनाएको छ।







डिसी नेपाल








Facebook Comment