सलमान खानको फिल्म राधेको रिलिज मिति घोषणा

डिसी नेपाल
२९ फागुन २०७७ १४:५३
296
Shares

काठमाडौं। बलिउड सुपरस्टार सलमान खानको आगामी फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाइ’को रिलिज मिति घोषणा गरिएको छ । सलमानले फिल्मको पोस्टर रिलिज गर्दै फिल्म प्रदर्शन मितिबारे जानकारी दिएका हुन् । प्रभू देवाद्वारा निर्देशित एक्सन ड्रामा फिल्म २०२१ को ईदमा रिलिज हुँदैछ । फिल्ममा सलमान खानको साथमा रणदीप हुड्डा मुख्य भूमिकामा हुनेछन् । फिल्म ईदको अवसर पारेर आगामी मे १३ मा रिलिज हुने भएको छ ।

 

View this post on Instagram

 

A post shared by Salman Khan (@beingsalmankhan)

फिल्म रिलिज हुन ठिक २ महिना बाँकी छ । फिल्मका बारेमा कुरा गर्दै जी स्टुडियोका सीबीओ शारिक पटेलले सलमानको यो फिल्मको माध्यमबाट दर्शकलाई सिनेमाघरमा फिर्ता ल्याउन प्रयास गरिने बताए । उनले एक कठिन वर्षपछि यो दर्शकको लागि उत्साहको दिन हुने बताए । फिल्ममा सलमानको साथमा दिशा पाटनी, रणदीप हुड्डा ज्याकी श्राफ मुख्य भूमिकामा हुनेछन् । फिल्म सलमान खान फिल्मस र जी स्टुडियोले मिलेर प्रस्तुत गर्दैछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.