जेलमा राखिएका रुसी राष्ट्रपति पुटिनका सबैभन्दा ठूला दुश्मन गायब
काठमाडौं। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सबैभन्दा ठूला दुश्मन मानिएका विपक्षी नेता अलेक्सेइ नभाल्नीलाई ‘गायब’ पारिएको नभाल्नीका वकिलले दावी गरेका छन् । नभाल्नीलाई जेलबाट अज्ञात स्थलमा लगिएको वकिलले दावी गरेका हुन् । यसअघि ४४ वर्षीय नभाल्नीलाई मस्कोको पूर्वमा रहेको आइके–२ भनेर चिनिने पेनल कोलोनी जेलमा राखिएको बताइएको थियो । यो जेललाई क्रुर यातनागृह मानिन्छ र कैदहिरु यहाँ जानबाट बच्नको लागि आफैंलाई घाइते पार्ने गर्छन् ।
शुक्रबार नभाल्नीको ट्वीटरमा एक पोस्ट शेयर गरिएको छ जुन पोस्टमा उनका वकिलहरुले नभाल्नी कहाँ छन् भन्ने थाहा नभएको बताएका छन् । शुक्रबार नभाल्नीलाई गाडीमा हालेर कतै लगिएपछि उनी कहाँ छन् भन्ने जानकारी नभएको पोस्टमा बताइएको छ । ट्वीटमा नभाल्नीलाई अदालतमा लैजानुअघि राखिएको ठाउँबारे वकिलहरुलाई जानकारी नदिइएको र उनीहरुलाई त्यहाँ जान नदिइएको बताइएको छ ।
दिउँसो करिब २ बजेतिर वकिलहरुलाई नभाल्नीलाई अन्यत्रै लगिएको बताइएको थियो । अधिकारीहरुले उनलाई कहाँ लगियो भन्ने बताउन अस्वीकार गरेका छन् । नभाल्नी जर्मनीबाट रुस फर्किए लगत्तै १७ जनवरीमा पक्राउ परेका थिए । यसअघि उनलाई विष दिइएपछि उनले स्वास्थ्य उपचारपछि ५ महिना जर्मनीमा बिताएका थिए ।







डिसी नेपाल








Facebook Comment