स्रोत नखुलेको साढे १९ लाख रुपैयाँसहित एकजना भारतीय नागरिक पक्राउ

डिसी नेपाल
२९ फागुन २०७७ १९:५६
128
Shares

पर्सा। पर्सामा शनिबार स्रोत नखुलेको रकमसहित एकजना पक्राउ परेका छन्। सशस्त्र प्रहरी बलको टोलीले पर्साको बिरगंज महानगरपालिका १६ शंकराचार्य गेट ईलाकाबाट स्रोत नखुलेको १९ लाख ५१ हजार १ सय २० नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारण जिल्ला रक्सौल नगरपालिका २१ घर बताउने ३६ बर्षिय राजेशकुमार साह छन्। उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बिरगंजबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो।

भारतबाट नेपालतर्फ आउँदै गरेका निज साहलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनले शरीरमा बाँधेर लुकाई छिपाई ल्याउँदै गरेको रुपैयाँ फेला परेपछि पक्राउ गरिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.