सुरक्षा निर्देशक बुलेटप्रुफ कारमा, स्वयं मुख्यमन्त्री सामान्य कारमा

डिसी नेपाल
१ चैत २०७७ १८:०४
1.2k
Shares

काठमाडौं। मुख्यमन्त्रीसहित पूरै राज्यको सुरक्षा व्यवस्था मिलाउने जिम्मेवारी पाएका सुरक्षा निर्देशक बुलेटप्रुफ गाडीमा हिँड्दै गर्दा स्वयं मुख्यमन्त्री भने सामाज्य कारमा हिँडेको घटनाले अहिले भारतको पश्चिम बंगाल राज्यमा हंगामाको स्थिति बनेको छ । मुख्यमन्त्री ममता बनर्जी चुनाब प्रचारप्रसारको क्रममा घाइते भएसँगै पश्चिम बंगालमा राजनैतिक घमासान छ ।

मुख्यमन्त्रीमाथि आक्रमणको घटनामा तृणमूल कांग्रेसका नेताहरुले निर्वाचन आयोगमा पुगेर निष्पक्ष जाँचको माग गरेका छन् । यस विषयमा आयोगले आइतबार विशेष बैठक बोलाएको थियो । बैठकमा राज्यका मुख्य सचिव र पुलिस महानिर्देशकको उच्चस्तरीय समिति बनाइएको छ । यो समितिलाई दोषीमाथि कारवाही गर्न निर्देशन दिइएको छ ।

यही बीचमा राज्यका सुरक्षा निर्देशकको व्यवहारले पूरै राज्य तरंगित बनेको छ । सुरक्षा व्यवस्थाका निर्देशक विवेक सहाय स्वयं भीभीआइपीको लागि तैनाथ बुलेटप्रुफ गाडीमा घुम्छन् तर स्वयं मुख्यमन्त्री ममता बनर्जी भने साधारण कारमा हिँड्छिन् । रिपोर्टका अनुसार मुख्यमन्त्री बनर्जीले आफूलाई सुरक्षा व्यवस्था कस्तो दिइएको छ भन्नेतर्फ मतलब गर्दिनन् र सामान्य तरिकाले हिँड्छिन् ।

निर्वाचन आयोगले सुरक्षा निर्देशक विवेक सहायविरुद्ध कडा कारवाही गर्न राज्य प्रशासनलाई सिफारिस गरेको छ । सूत्रका अनुसार सहायलाई निलम्बन वा सरुवा गर्न सकिन्छ । निर्वाचन आयोगले यो घटनासँगै हाइप्रोफाइल उम्मेदवारका विषयमा नयाँ प्रोटोकल जारी गर्ने तयारी गरिरहेको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.