म्यान्मार कू: ‘रक्तपातपूर्ण दिनमा ३८ प्रदर्शनकारीको मृत्यु’

डिसी नेपाल
२ चैत २०७७ ९:१२
284
Shares

बीबीसी । म्यान्मारमा गत महिना सैन्य कू भएयताकै सबैभन्दा घातक दिनको रूपमा आइतवार भएका प्रदर्शनमा सुरक्षा फौजले कम्तिमा ३८ जना प्रदर्शनकारीहरूलाई मारिदिएको त्यहाँका अभियानकर्मीहरूले बताएका छन्।

द एसिस्टेन्स एशोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)ले मुख्य शहर याङ्गुनको एउटा औद्योगिक क्षेत्रमा भएको झडपमा कम्तीमा २१ प्रदर्शनकारीहरू मारिएको जनाएको छ। बाँकी मृत्यु देशका विभिन्न भागमा भएका हुन्।

याङ्गुनमा प्रदर्शनकारीहरूले लाठी र छुरीको प्रयोग गरेपछि सुरक्षा फौजले गोली चलाएको थियो।

सैन्य कानुन लागु

त्यहाँको एक औद्योगिक क्षेत्रमा चिनियाँ व्यवसायमाथि हमला भएपछि याङ्गुनको धेरै भागमा सैन्य कानुन लागु गरिएको जनाइएको थियो।

चीनले म्यान्मारको सेनालाई सहयोग गरिरहेको प्रदर्शनकारीहरूले विश्वास गरिरहेका छन्।

बेइजिङले फलामे डन्डी, बन्चरो र पेट्रोल बोकेका मानिसहरूले १० वटा चिनियाँ कारखानामा आगो लगाइदिएको जनाइएको छ।

क्षति पुग्नेमा धेरैजसो लुगा उत्पादन गर्ने कम्पनी र तिनका भण्डारणहरू रहेको जनाइएको छ।

एउटा चिनियाँ होटलमा समेत हमला भएको बताइएको छ।

चिनियाँ दूतावासले के भन्यो ?

आफ्नो फेसबुक पृष्ठमा चिनियाँ दूतावासले ुकेही उद्योगहरूमा लुटपाट गर्दै क्षति पुर्‍याइएको र चिनियाँ कामदारहरू घाइते हुनुका साथै त्यहाँ अड्किएकोु जनाएको छ।

दूतावासले म्यान्मारलाई ुहिंसा रोक्न थप प्रभावकारी उपायहरू अपनाउँदै दोषीलाई कानुन अनुसार कारबाही गर्न र म्यान्मारमा रहेका चिनियाँ नागरिक एवम् सम्पत्तिको सुरक्षा सुनिश्चित गर्नु आग्रह गरेको थियो।

फेब्रुअरी १ मा सेनाले शक्ति हातमा लिएयता म्यान्मारमा प्रदर्शनहरू भइरहेका छन्।

नेत्री तथा न्याश्नल लीग फर डेमोक्रेसी ९एनएलडी० पार्टीकी प्रमुख आङ सान सू ची नजरबन्धमा छिन्।

त्यसलाई अस्वीकार गर्ने कतिपय सांसद्हरूले भूमिगत रहेर आन्दोलन अगाडि बढाइरहेका छन्।

तिनै भूमिगत सांसद्हरूको नेतृत्व गरिरहेका नेता मान विन खाइन थानले पहिलो पटक सार्वजनिक सम्बोधन गर्दै ुक्रान्तिुलाई निरन्तरता दिइने बताएका छन्।

उनले भने, ‘यो देशको लागि अँध्यारो क्षण हो। विद्रोहले जित्नैपर्छ।’

कूपछि म्यान्मारमा सेनाले एक वर्ष लामो सङ्कटकाल घोषणा गरेको छ।

एनएलडी पार्टीले ठूलो विजय हासिल गरेको आम निर्वाचनपछि सेनाले सत्ता कब्जा गरेको हो।

सेनाले विपक्षीहरूलाई समर्थन गरेको थियो र तिनीहरूले निर्वाचनमा ठूलो धाँधली भएको आरोप लगाउँदै पुनःनिर्वाचनको माग गरेका थिए।

नयाँ निर्वाचित संसद्को बैठक आरम्भ हुनै लाग्दा त्यहाँ सैनिक कू भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.